शेर बहादुर थापा, मुम्बई जेष्ठ २८
चर्चित नृत्य निर्देशक तथा भिडियो निर्देशक शिव विक नेपालमा गएको शक्तिशाली भुकम्प पश्चात मुम्बईमा आएका छन । यहाँ उनले भिडियो सुटिङ्ग त गरे नै अझ भुकम्प पिडितहरुको लागि राहत जुटाउन आयोजीत विभिन्न सांगितिक कार्यक्रममा समेत सहभागीता जनाए । शिवले विगत १६ वर्षदेखि निरन्तर नेपाली गीत संगितका फिल्म तथा भिडियोहरुमा नृत्य निर्देशकका साथै निर्देशकको भुमीकामा आफ्ना धमाकेदार एवं वेजोड प्रस्तुति समेत आम दर्शकहरुका लागि पस्किसकेका छन ।स्टेज कार्यक्रमवाट यो क्षेत्रमा प्रवेश गरेका विकले फिल्मी, पप, आधुनिक, दोहोरी गीतहरुमा नृत्य निर्देश
न गरिसकेका छन । उनले माझीदाई पोखरा फेवातालको, वनमा काँडा छ, वनको काफल वनको चरिलाई, के हुन्छ कुन्नि, घरमा पराल वारीमा बन्सो लगायत ३५ सय भन्दा बढि लोक दोहोरी गीतहरुमा निर्देशन गरिसकेका छन ।बारुद फिल्मवाट चलचित्र क्षेत्रको नृत्य निर्देशन क्षेत्रमा प्रवेश गरेका बिकले धुवाँ, आइएम सरी, चिनो, राज, विन्दास २ लगायत पछिल्लो फिल्म स्काउटमा समेतमा काम गरिसकेका छन् । उनि आधनिक गीतको क्षेत्रमा समेत सक्रिय छन ।उनले चर्चित आधुनिक गीतहरु उसले जति माया तिम्लाई, नेपालकी छोरी हरु म, फुल मञ्जरीले, नशा पिउने वानी भयो लगायत सयौँ गीतहरुमा निर्देशन गरिसकेका छन् . नेपाली गीत संगीतका चर्चित कलाकारहरुसँग काम गरिसकेका निर्देशक शिव विकले धेरै कलाकारहरु जन्माइसकेका छन । विशेष गरि नयाँ कलाकारहरुलाई हौसला र प्राथमिकता दिने शिव अहिले भने म’ुम्वइमा भारतकै चर्चित हास्य कलाकार कृष्ण र नेपाली चर्चित नायीका निरुता सिंहलाई लिएर अर्जुन कौशलको लोक–आधुनिक गीतको निर्देशन गर्नमा व्यस्त रहेका छन् । नेपाली श्रोता दर्शकहरुले आफुलाई असाध्यै माया गरेका समेत बताए । आउने दिनहरुमा पनी नेपाली श्रोताहरुले यसरीनै माया गर्ने विश्वास व्यक्त गरे ।






